अस्पताल छिरेको ५ घण्टामै मृत्यु भएपछि भयो यस्तो(भिडियो सहित)
सुनसरीको इटहरीमा रहेको एपेक्स हस्पिटलमा २४ वर्षिय जोनसन राईको मृत्यु भएपछि आफन्त आक्रोषित भइ आन्दोलित रहेका छन। चिकित्सकलको लापरबाहीले गर्दा एक जोनसन राईको ज्यान गएको भन्ने आफन्तहरुको आरोप रहेको छ। शुक्रबारका दिन करिब बेलुका ४ बजे पेट पोल्यो भनेर जोनसनले भनेपछि उनकै आफन्तले इटहरी अबस्थित एपेक्स अस्पताल इमर्जेन्सीमा लिएर गएका थिए।अस्पताल जाँदै गर्दा केवल पेट पोलेको जोनसन त्यस्तो कुनै पनि सिकिस्त नरहेको आफै नै अस्पताल हिड्दै गएको आफन्तको भनाई छ।तर अस्पतालमा लगेपछि उनलाई एडमिट गर्नै पर्ने बाधेर उपचार गर्नु पर्ने अस्पताल बाट कुरा आएपछि आफन्त आतिएको बताएका छन।
चिकित्सक र नर्सहरुले औषधिको नाममा बिबिध इन्जेक्सन दिदै त्यहि इन्जेक्सनको मात्रा बढि भएर त्यसको असरले जोनसनको मृत्यु भएको आफन्तको भनाई छ।
करिब ९ बजे अस्पतालबाट जोनसन राईको मृत्युको खवर घरमा पाएपछि सबै आक्रोषित भएका थिए।दिउँसो जाँदै गर्दा जोनसन सहिसलामत नै अस्पताल गएको र बेलुका यस्तो खबरले आफन्तजन आक्रोषित र मर्माहित बनेका छन। आफन्त लगायत गाउलेहरु मिलेर एपेक्स अस्पताल क्षेत्रमा आन्दोलित रहेका छन भने प्रहरीहरु शान्तिसुरक्षाको लागि खटिएका छन।केहिबेर भिड उत्तेजित भएपनि प्रहरीद्वारा संयम बनाईसकेको छन।
एपेक्स अस्पतालमा २ महिना अघि मात्र चिकित्सकहरुको लापरबाहीले एउटा नानिको पनि मृत्यु भइसकेको अबस्था छ।फेरि पनि एपेक्स अस्पताल माथि यस्तै किसिमको चिकित्सकको लापरबाहीले ज्यान गएको आरोप आएको छ। एपेक्स अस्पतालको सम्पुर्ण चिकित्सकहरुको प्रमाणपत्र चेकजाच गर्न र यो हत्यारा अस्पताल खारेज गर्नु पर्छ भन्ने आफन्त एँव आन्दोलित भिडको आवाज आएको छ।