आखिर लाइन बस्ने चलन कहिले सम्म,सस्तोपनि खोज्ने लाइन पनि नबस्ने?

यदि तपाईं उर्लाबारी ३ मा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा आउदै हुनुहुन्छ भने कृपया आफ्नो २ दिनलाई माया मारेर आउनु होला।
यदि सिकिस्त बिमारी हुनुहुन्छ भने इमर्जेन्सी सेवामा भर्ना हुनुहोस यदि हैन नियमती चेकजाच वा कुनै बिमार छ तर डाक्टरको सल्लाहसुझाव लिनु छ भने २ दिन माया मार्नु पर्ने हुन्छ। अत्यावश्यक काम छ र हल्का बिमार हुनुहुन्छ भने काम सकेर मात्र अस्पतालमा चेकजाच गर्न आउनु होला।

उर्लाबारीमा प्राथमिक उपचार सेवा संगै जनता खुशी त थिए तर त्यहा भित्रको बिकृतीले उतिनै सास्ति समेत भोग्नु परिरहेको छ। उर्लाबारी ३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा दैनिक बिमारीहरुको भिड रहने गरेको छ।अस्पतालमा आउने भिडहरु संगै ब्याबस्थापन पक्षले नियमहरु परिवर्तन गर्नु पर्ने हो र झन जनतालाई सहज तरिकाले सेवा दिनु पर्ने हो तर मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका व्यावस्थापन पक्षको सोच यति टाढा सम्म नपुगेको देखिन्छ।

एकाबिहानै देखि नम्बर पाइदैन भन्ने डर देखि लिएर डाक्टर नपाउने सम्म त्रास बिमारीहरुमा हुने गरेको छ।नजिकैको त ७ बजे आएर कुपन लिन सक्छन तर टाढाको बिमारीहरु ढिला आइपुग्दा नम्बर पनि पर पुग्छ।लाइन बसेर नम्बर लिए पनि डाक्टर भेटाउन गारो पर्छ।

कुपन लिदा सुरु भएको लाइन,डाक्टर चेक गराउदा समेत बिमारीहरु उभिएर लाइन बस्नु परेको देखिन्छ।त्यसै त बिमारीहरुलाई बडेरेष्ट आदि चाहिन्छ तर ठुलो चिज पाउने लालसा जस्तो डाक्टर सम्म पुग्नलाई २-३ घण्टा लाइन लाग्नु पर्छ । १० बजे लाइन बसेर १२-१ बजे डाक्टरमा पुगेको बिमारीले के के हुन्छ भन्न नपाउदै डाक्टरले पिसाब चेक खुन चेक लगायतको रिपोर्ट लिएर आउनु भनेर बिमारीलाई तर्साउछन।
अनि पिसाब चेक खुन चेक गर्ने ल्याब तिर गयो उस्तै लाईन लाग्नु पर्छ।अनि पालो आउछ रिपोर्ट लिन भोलि आउनु भनेर भन्छन।अस्पतालमा जनताले सास्ती भोगिरहेको सन्दर्भमामा एकजना सञ्चारकर्मीले सामाजिक सञ्जालमा सस्तो पनि खोज्ने लाईन पनि नबस्ने? भन्ने तर्क पनि राखेका छन।

अस्पतालमा प्रवेश गरेदेखि भोलि डाक्टरलाई रिपोर्ट नदेखाए सम्म संघर्ष त्यसपछि लाइन लागेर ठुलै लडाई जिते जस्तो हुने बिमारी बताउछन।बिमा हुने बिमारीहरु बिमा बाट पाउने औषधि लिन जादा सम्भवत त्यस्तो औषधि सकिएको हुन्छ तर निजि पसलमा २४घण्टानै उपलब्ध हुनेगर्छ।कयौं बिमारीहरु औषधिवालाहरु पनि सेटिङमा छन महंगो औषधि बाहिर किन्न पठाउछन अनि सस्तो औषधि बिमामा कटाउछन ।यहाँ पनि भ्रष्ट्रचार भइरहेको छ भन्नेहरुपनि प्रस्स्त बिमारी रहेका छन।

अस्पताल व्यावस्थापन पक्षले यो बिषयमा ध्यान नदिदा बिमारीहरुले दैनिक सास्ति खेप्नु परेको छ।