आदिवासि जनजाति युवा महासंघ यु ए इ नेपाल शाखा बाट सहयोग हस्तान्तरण

आदिवासि जनजाति युवा महासंघ नेपाल शाखा यु ए ई द्वारा शैक्षिक सहयोग हस्तान्तरण मोरङ जिल्लाको उर्लाबारी १ को श्री लक्ष्मी माबि मा ८१ जना बिद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।

आफु सानो छदा पढ्न कहिले कपि कहिले कलम।नहुने कहिले जुत्ता चप्पल नहुने कहिले बिद्यालय पोशाक नहुने इत्यादी समस्या ले गर्दा राम्रोसंग पढ्न नपाएको समस्या आदिवासि जनजाति युवा महासंघका कार्यकारी अध्यक्ष गोपाल श्रेष्ठले बताए।
त्यस्तै समस्या अहिलेको पढ्दै गरेको बालबालिकालाई नआओस थोरै भए पनि यो कार्यक्रम ले विद्यार्थी हरुलाई पढ्नलाई सहज हुने श्रेष्ठले बताएका छन।

कोरोना काल देखिनै आदिवासी जनजाति युवा महासंघमा केही सदस्य ले जिउज्यान लागेर दुखि पिडितलाई यु ए इ मा हुदा सहयोग गरेको समेत सम्झेका थिए।त्यसै अन्तरगत सबै जना भेटभएपछि आदिवासि जनजाति युवा महासंघ २ वर्ष अघि सुरु गरेको संघका सल्लाकार डिबी कुलुङले बताएका छन।

२ वर्ष देखि हरेक वर्ष ३ वटा बिद्यालय लाई पठनपाठन मा टेवा पुग्ने गरि सहयोग गर्दै आएको संघले आगामि दिनमा दिनमा पनि यसरीनै आफुले कमाएको पैसाको केही हिस्सा संघ मार्फत बिद्यार्थी हरुको लागि छुट्टाउने कुरा महासचिव सविन मोक्तानले बताएका छन।

यसरीनै यो वर्षको लागि मोरङ जिल्लाको उर्लावारी १ मा रहेको श्री लक्ष्मी माध्यमिक बिद्यालय मा २०८१-कार्तिक २ गते सहयोग वितरण भएको छ भने चितवन जिल्लाको खैरहनी ३ सिद्विपुरको श्री चण्डि राष्ट्रिय आधारभुत बिद्यालय मा २०८१ कार्तिक ४ गते र सिन्धुपाल्चोक जिल्लाको लिसखु पाखर गाउपालिका ४ दाप्चेतमा रहेको श्री रमा माध्यमिक बिद्यालय मा २०८१ कार्तिक ६ गतेका दिन सहयोग हस्तान्तरण गरिने आदिवासि जनजाति युवा महासंघ यु ए इ का कार्यकारी अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिएका छन।यसैगरि आगामि बर्षहरुमा पनि यसरीमै बिद्यालय छनोटगरी सहयोग हस्तान्तरण गर्ने योजना रहेको श्रेष्ठले बताएका छन।

वैदेशिक रोजगारको शिलशिलामा फरक फरक समयमा गएर उतै कर्मथलो बनाइरहेको समुहले आएको तलबको केही हिस्सा नेपाल र नेपालीको लागि प्रयोग गर्ने अठोट सम्पुर्ण सदस्य ले लिएको श्रेष्ठले बताएका छन।
नेपालको स्तिथीमा आफ्नो संघले कुनै पनि राजनीति नगरेको केवल हाम्र ध्यान सहयोगमा नेपाली जनतालाई केही राहत होस भनि लागेको कुरा आदिवासि जनजाति युवा महासंघ यु ए इ का जनसम्पर्क सचिव मकर मोक्तानले बताएका छन।

हामिले प्रवासमा बसेर आफुलाई पुग्दो राखेर केही पसिना नेपालीहरुलागि छुट्टाएकोमा हामी सम्पुर्ण टिमलाई गौरवान्वित बनाइरहेको र आगामि दिनहरुमा पनि यसरीनै देश र जनताको लागि यो टिम लागि पर्ने आदिबासि जनजाति युवा महासंघ यु ए इ सदस्य मिना श्रेष्ठले जानकारी गराउनु भएको छ।