उर्लाबारीका मेयरले प्राथमिकतालाई छोडेर आफ्नै घरको बाटो कालोपत्रे गर्दै
यतिखेर उर्लाबारी नगरपालिकामा उदेक उदेक देख्न पाइएको छ।भर्खरै चुनिएका १ बर्ष मात्र मेयरपदमा रहेका उर्लाबारी नगरपालिकाका वर्तमान मेयरको चर्तिकला यतिखेर उदाङ्गो हुँदै गएको छ।मेयर गंगा खरेलले प्राथमिकतालाई भन्दा बढि आफ्नो क्षेत्रलाई बढि प्राथमिकता दिएको देखिएको छ। हुनत मेयर गंगा खरेलको क्षेत्र सबै उर्लाबारी नगरपालिका नै हो तर त्यसमा पनि उनले आफ्नो घर आगनलाई बढि महत्त्व दिएको देखिएको छ।
उर्लाबारी नगरपालिकाका मेयर गंगा खरेलले वडा नं ४ मा रहेको आफ्नो पुरानो घर जहाँ डेराभाडा लगाइएको घर छेउमै कालोपत्रे पिच धमाधम गर्न थालिसकेका छन। तर त्यहि वडामा रहेको अर्को बाटो जुन प्राथमिकतामा राख्नु पर्ने हो त्यसलाई भने उनले बेवास्ता गरेका छन। उर्लाबारी नगरपालीका वडा नं ४ को प्रमुख सडकको उत्तरपटि क्यामपस मोड देखि पश्चिम दिशामा रहेको जहाँ ३-३ वटा महत्त्वपूर्ण सरकारी भवनहरु रहेको छन त्यसबाटोलाई भने मेयर खरेलले बेवास्ता गरेका छन। उक्त बाटोको लागि तत्कालीन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो समक्ष कुरा नपुगेको भने हैन तर उनले पनि तत्कालीन समयमा बेवास्ता गरेका थिए र यतिखेर वर्तमान मेयर खरेलले पनि सहि दिशा अपनाउदै आएका छन।
रेडक्रस सोसाइटी,भेट्नरी पशु सेवा केन्द्र र सर्पदंश उपचार केन्द्र रहेको उक्त बाटोमा भने स्थानीयले बारबार राम्रो सडक कालोपत्रे सडक बनाउन माग गरेपनि मेयर खरेलको चासो देखिएको छैन।यी ३ महत्त्वपूर्ण सरकारी कार्यलयमा दैनिक सवारीसाधन अत्याधिक आवतजावत हुनेहुदा धुलो धुवाले स्थानियको स्वास्थ्यमा र वातावरणनै दुषित भएको स्थानीयको गुनासो रहेको छ।त्यहि सडकमा केही बर्ष अघि स्वयं मेयर गंगा खरेलकै आत्मिय मित्र स्व .नगेन्द्र ढुंगानाको पनि त्यहि ठाउमा दुर्घटनामा परि मृत्यु समेत भइसकेको थियो।तर पनि मेयर खरेललाई उक्त सडकमा ध्यान चासो भएको छैन।
आवश्यकता अनुसार बाटो बनाउनु सहि छ तर मेयर खरेलले कहाँ बढि प्राथमिकता दिने भन्ने कुरा प्रमुख चासोको बिषय हुन्छ।आफ्नो घर आगनलाई छुवाएर कालोपत्रे बनाउनु भन्दा पहिला जनतालाई प्रत्यक्ष सरोकार राख्ने बाटोलाई बढि महत्त्व दिनु पर्छ भन्ने स्थानीयहरुको गुनासो रहेको छ।