यदि तपाइले पनि उर्लाबारी बाट यमाहा बाइक किन्नु भएको छ भने पक्कै पनि बुझेको हुनु पर्छ,वा किन्ने सोचमा हुनुहुन्छ भने आजै बिचार गरेर जानू होला। पछिल्लोपटक उर्लाबारीको यमाहा कम्पनिको बाइक शोरुममा बाइक सर्भिस गर्न लैजाने क्रममा एक ब्यक्तिले गुनासो पोखेका छन। यमाहा कम्पनिको बाईक एफ जेड भर्षन २ सिंगल डिस्क किनेको ब्यक्तीले तेश्रो पल्ट सर्भिस गर्न लैजादा समेत पहिलाकै जस्तो बेवास्ता गरेको सर्भिसमा कमजोरी भएपछि पीडा कसलाई पोख्ने भन्दै पीडा सुनाउन आएका छन। शोरुमले बाइक बेच्ने बेलामा बिबिध तरिकाले फकाउने गरेपनि खरिद गरिसकेपछि सहि ढंगले सर्भिष नगरिदिने ,बाइकलाई सहि तरिकाले चेकजाँच नगर्ने ,बाइकलाई मर्मत समेत नगर्ने र सर्भिस सेन्टरमा सहि तरिकाले सामान समेत नरहेको गुनासो गरेका छन। सम्बन्धित शोरुमका सञ्चालक सामु यो कुरा राखेपनि आश्वसन दिने बिबिध बहाना गर्ने मात्र गरेको पिडितको गुनासो छ।यस्तो कुरा यमाहा कम्पनिको सम्बन्धित बितरक सामु पुगोस भन्ने पिडितको इच्छा छ।