उर्लाबारी बेतेनी सामुदायिक बनको सदस्यमा बुद्धीलाल लिम्बू बिजय

बेतेनी  सामुदायिक बन उर्लाबारी-२ को १९ औं साधारण चुनावी साधरण सभाबाट सदस्यमा बुद्धीलाल लिम्बू भारी मतले विजयी भएको छ।
आज भएको चुनावी साधारण सभामा लिम्बू र गोपाल ढुंगाना सदस्य पदमा उम्मेद्बारी दिएका थिए। चुनावी साधारण सभामा ११३ मत खस्दा ढुंगानाले ४३ मत र लिम्बूले ६७ मत ल्याएका थिए। ३ मत बदर भएको थियो।