उर्लाबारी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा अनिमियतता भएको गुनासो


मोरङ
बिक्रम लिम्बु
उर्लाबारी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा भर्खरै बनिसकेको नयाँ भवनमा स्थानीय क्षेत्रका राप्रपा दलका सदस्य पिपलराज गिरीले अनिमियता भएको गुनासो सामाजिक सञ्जालमा राखेका छन।
लगभग ६५ लाख बढि लागतमा बनेको भवनको निर्माण समितिले बोर्ड बनाएपछि गिरीले गुनासो पोखेका हुन।
यो नयाँ भवन बन्दै गर्दा इट्टको बिषयमा लिएर समेत बिबाद बनेको थियो भने अनुगमन गर्न गएका वडाध्यक्षलाई समेत मजदुर कुटेको आरोप लागेको थियो। यो नयाँ ओपिडी अवन कोरियन प्रविधी बाट बनाइएको र सामाजिक सञ्जालमा २०लाखमा २ तले भवन बन्म सक्ने प्रचार समेत रहेको कारण यसमा कतै न कतै अनिमियता भएको अनौपचारिक गुनासो पोखेका छ।

६५लाखमा करिव ३ तले भवन बनिनु पर्ने हो तर यो सामान्य कोठा छ र पाइखाना पनि त्यो लागत अनुसार नभएको उहाको गुनासो रहेको छ।

यो भवन त्यतिकै समितिले सुटुक्क अस्पताललाई हस्तान्तरण नगरोस वा अस्पतालले पनि सम्पुर्ण बिबरण सार्वजनिक सुनुवाई द्वारालाई गरेर जिम्मेवारी लियोस भन्ने पनि उहाको गुनासो रहेको छ।यदी अस्पातलले सुटुक्कै जिम्मा लिए स्थानीयवासि भएको नाताले अस्पातल र समिति संग हिसाब खोज्ने समेत चेतावनी दिएका छन।

उहाले पोखेको गुनासो जस्ताको त्यस्तै
नमस्कार म मंगलबारे को माईलो”
उर्लाबारी नगरपालिका वार्ड नं ३ मा रहेको मदन भण्डारी अस्पतालमा भरखरै निर्माण गरिएको ओपिडी भवन ६५४९१५७/०३सम्पन्न भएको छ। तेती रकमको भवन तेही नै होत?भूई भाग मा टायल हुनुपर्छ होला ? टूवाईलेट/ बाथरुममा को बाहिरी भागमा रहेको बेसन मा अबस्य पनि टायल हुनुपर्छ त्यो पनि छैन राम्रो सँग फिनिसिङ भएको छैन। तेती को पैसा को भवन तेही हो त? सामाजिक सञ्जाल भय अनुसार २०.००००(बिस लाख रुपैयाँ मा) २तलाको भवन निर्माण हुन्छ भनिएको छ त्यो भवन कोरीयन प्रबिधि तरीका ले निर्माण गरिएको छ । यो भवन निर्माण समिति ले हस्तान्तरण गर्ने बेला मा सार्वजनिक सुनुवाई गरेर मात्र अस्पताल लाई जिम्मा लगाईयोस भन्ने हामि माग गर्दछौं निर्माण समिति ले आफु खुसी सुटुक्क अस्पताल लाई हस्तान्तरण नगरोस् र अस्पताल ले पनि के कति लागतमा निर्माण भएको सार्वजनिक सुनुवाई नगरीकन अस्पताल ले जिम्मा नलिएको राम्रो हुन्छ आफू खुसी काम गरेको थाहा भयो भने यसको हिसाब किताब स्थानीय बासिन्दाले खोज्ने छौं। धन्यवाद हामी सबै लाई भगवान् श्री पशुपतिनाथले कल्याण गरुन् !!!