उर्लाबारी वडा ३ मा निस्वार्थ सेवामा कृष्ण पौडेल

-बिक्रम लिम्बु

मोरङ-उर्लाबारी नगरपालिका भित्र यतिखेर सबै भन्दा  बढि चर्चामा रहेको वडा नं ३ रहेको छ।स्थानीय चुनाव सकिए लगतै स्थानीय बाट चुनिएका जनप्रतिनिधि वडाध्यक्ष भिष्म बुढाथोकी जनताको सेवामा अहोरात्र खटेका छन। मिडियाले स्वतन्त्र उम्मेदवार बाट मेयर बनेका काठमाडौका बालेन शाह र धरानका हर्क साम्पाङलाई मात्र बिकास प्रेमी जनसेवक झै गरि प्रचारप्रसार गरिरहदा आफ्नै तालमा यता उर्लावारि नगरपालिका ३ का Bhisma  Budhathoki ले दिन दुइगुना रात चौगुना गरि काम सेवा दिदै आउनु भएको छ।
यतिखेर उर्लाबारीमा सबै भन्दा बढि बिकास र सेवामा अगाडि बढेको  कुनै वडा छ भने वार्ड नं ३ बनेको छ।

उर्लावारि ३ वडाध्यक्ष भिष्म बुढाथोकी

त्यस्तै वडाध्यक्ष भिष्म बुढाथोकीको यो काम र कर्तव्यलाई साथ दिदै स्थानीय ७१ वर्षिय वृद्व बुवा कृष्ण बहादुर पौडेल आफ्नो क्षमताले भ्याए सम्म वडाबासीलाई सेवा दिनलाई साथ दिन आउनु भएको छ।

यतिधेरै जनताको सेवा गर्ने जनप्रतिनिधिलाई साथ र समर्थन दिनु हाम्रो कर्तव्य हो भन्दै कृष्ण पौडेल वडा कार्यलयमा अन्य जनप्रतिनिधि जस्तै सहयोगि कक्षमा आउने सेवाग्राहीको समस्या समाधान गरिरहनु भएको छ।

कृष्ण बहादुर पौडेल

पहिला वडामा आउदा बिबिध बिषयमा निबेदन लेख्दा बाहिर बसेका लेख्नेहरुलाई १००-२०० दिनु पर्ने ठाउमा यतिखेर वडाले नै सहयोग कक्ष राखेर जनप्रतिनिधि खटाएको थियो र त्यहा संगै उहाँ पनि सेवाको लागि बसिरहनु भएको छ।

कृष्ण बहादुर पौडेल यतिखेर अवकास जीवन जस्तै बिताइरहेको बेला केही गरौ न त भन्ने उदेश्य र वडाध्यक्ष भिष्म बुढाथोकीको काम देखेपछि मैलेपनि आफ्नो क्षमताले भ्याएसम्म वडाध्यक्षलाई साथ दिनुपर्छ भनि लागेको हु भन्नुहुन्छ।

कुनै समयमा शिक्षक पेशामा ताप्लेजुङको ढुंगेसागुको जनकल्याण प्राबिमा पढाएको अनुभव समेत रहेको र झुम्कामा खेति किसानी पनि गरेको साथै उर्लाबारीमा नै पाथिभारा ट्रेड सेन्टर चलाएको अनुभवले समेत उहाँलाई यहाँ सहयोग कक्षमा जनताको सेवा गर्न सहज भएको बताउनु भएको छ।

उर्लाबारी वाड नं ३ मा अरु वाड वा नगरपालिका कार्यलय जस्तो निबेदन लेखेको वा कुनै पनि लेख्नु पर्ने कुरामा पहिला जस्तो लेख्न बसेकालाई रकम तिर्नु पर्ने अबस्था परेको छैन।