उर्लाबारी ३ मदन भण्डारी प्रतिस्ठानमा भइरहेको स्थानीय चुनावको मतदानमा झन्डै भयो तनाब

यतिखेर देशभरि स्थानीयतहको चुनाव भइरहेको छ।ठाउठाउमा तनाबग्रस्त समेत बनेको छ।त्यस्तै उर्लावारी ३ मा झण्डै झण्डै तनाब हुने खोजेको थियो तर साम्य भएको छ।

एक जना प्रतिनिधिले मतदातालाई भोट यस्मै लगाउनु है भनेर सुटुक्क भनेपछि तनाब हुन आटेको थियो।
ती ब्यक्तिले आफु पत्रकार हो भन्दै उक्त कुराको भिडियो बनाउन थालेपछि अर्कापक्षका कार्यकर्ताले मतदान केन्द्रभित्र उम्मेदवार किन पसेको भन्दै आक्रोषित बनेका थिए।
तर घट्ना ठुलो हुन नपाउदै कार्यकर्ताहरु आपसमा सहमति भइ घट्नाले उग्ररुप लिन पाएन।