एमसिसिबरे धारणा सार्बजनिक गर्न पत्रकार सम्मेलन गर्दै ओलि

नेकपा एमालेले आज पत्रकार सम्मेलन गरेर एमसिसिबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ,

आज हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले एमसिसीबारे पार्टीका आधिकारिक धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनु भयो ।

एमालेले दिउँसो १ बजे तीनकुनेस्थित एक होटलमा कार्यक्रम गरेर एमसिसीबारे धारणा सार्वजनिक गर्न लागेको हो।

आइतबार प्रतिनिधि सभाबाट एमसिसी पारित भएको थियो। उक्त दिन प्रमुख प्रतिपक्षी दलसमेत रहेको एमालेले संसद बैठक अवरोध गरेको थियो।