कोशि प्रदेश खारेज अभियानको बैंक खाता ब्लक,विदेशि फन्ड रोक्का

यतिखेर कोशि प्रदेश नामको खारेजिको लागि पहिचानवादी दलहरु मिलेर संयुक्त संघर्ष समिती बनाई आन्दोलित छ।उक्त आन्दोलनमा सहयोग जुटाउन चाहनेहरुको लागि संयुक्त बैंक खाता समेत रहेको थियो।तर यतिखेर उक्त बैंक खाता केन्द्रीय सरकारले बन्द गरिदएको छ।

बैंक खाता बन्द गरिएको खवर प्राप्त भएसंगै संगिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्षले आफ्नो फसेबुक वालमा केन्द्रीय सरकारले संयुक्त बैंक खाता ब्लक गरिदिएको खवर सामाजिक सञ्जाल मार्फत आफ्ना कार्यकर्ता तथा शुभ चिन्तकहरुलाई दिनु भएको छ।

यस्तो छ उहाँ को पोष्ट
साथिहरु,
प्रचन्ड जि को केन्दृय सरकारले प्रदेस न .१ पुन: नामाङ्कन सम्युक्त सघर्श समितिको सम्युक्त बैन्क खाता ब्लक गरिदिएको सुचना प्राप्त भएको छ।
त्यसैले त मैले / हामिले बारम्बार भनेको यतिको तयारिले पुग्दैन ।
कम्तिमा पनि १४ जिल्लाको सबै वार्डहरुमा अनिवार्य सम्युक्त सघर्श समितिहरु गठन गरिनै पर्दछ।
प्रत्येक वार्ड मा अनिवार्य सम्युक्त सघर्श समिती गठन नगरी अब थप कार्यक्रम ल्याइयो भने त्यो अहिलेकै जतिकै मात्र हुन्छ।
हामिले रिजल्ट चाहेको हो भने त्यही अनुसारको तयारी र सेरियसनेस हुनु जरुरी छ।
आर्थिक खाता सरकारले ब्लक गरिदिएर हामी अलिकति पनि बिचलित हुदैनौ ।
अहिलेको खुल्ला बिश्वमा सरकारको कदम हासोको पात्र मात्र हो ।
तर यो सत्ता लिम्बुवान किरात शेर्पा आदिबासिहरु सङ्ग कति ससङ्कित छ भन्ने प्रस्ट देखिन्छ ।

पहिचानबादिहरुको आन्दोलन जारी छ।
कोशी नाम खारेज गर।
सहिद लाजेहाङ लिम्बू अमर रहुन ।
जय १०+१ प्रान्त,

सरकार ले संयुक्त संघर्ष समितिको बैंक खाता ब्लक गर्नुको कारण पहिचानबादि संग सरकार ससंकित रहेको भन्दै आफ्नो स्टाटसमा समेत लेखेका छन।

पछिल्लो पटक पहिचानवादीको आन्दोलनमा एकजना ब्यक्तिको समेत मृत्यु भइसकेको छ।कोशि प्रदेश सरकारले क्षतिपुर्तिको लागि ३ लाख दिने निर्णय गरेर मृत्यु भएको पदम लिम्बू(लाजेहाङ)को समेत पुगेका थिए।तर पहिचानबादि दल र परिवारले उक्त रकम लिन बहिस्कार गरेपछि सरकारको तर्फ बाट गएको प्रतिनिधि सबै खालि फर्केका थिए।

कोशि प्रदेश नामको खारेज लगायत नयाँ नामको आन्दोलनको संयुक्त बैंक खाता रोकिनु एक किसिमले सकारात्मक र उर्जा रहेको सलोरामका अध्यक्ष कुमार लिङदेनको भनाइ रहेको छ।सरकारले पहिचानवादीलाई कमजोर बनाउने हरेक प्रयत्न गरेको तर बिचलित नहुने कुरा कुमार लिङदेनको पछिल्लो स्टाटसले जनाएको छ।


उहाको पछिल्लो अपडेट यस्तो रहेको छ।

सरकारले हाम्रो संयुक्त संघर्ष समितिको बैंक खाता ब्लक गरिदिनु भनेको हाम्रो शक्ति पनि कम रहेनछ भन्ने नै हो |
जब शत्रुको २४ घन्टे नजरमा परिन्छ तब सोच्नु कि हामि पनि केहि हो रहेछौ |
यसबाट आत्तिने होइन अझ सचेत र उत्साहित भएर अघि बढने हो |
पछी १ /२ करोड जम्मा भएर खाता फ्रीज गरिदिनु भन्दा समयमा नै फ्रीज गरिदियो त्यसले हामीलाई सचेत बनायो |
किनकि एकदिन न एकदिन त उसले थाहा पाइहाल्ने थियो |

यो घटनाले हामि आन्दोलनकारीलाइ अझै उत्साहित बनाउने छ भन्ने बिश्वास लिएका छौ |

सायद यस्तो अवस्था इतिहासमा कमै आउछ |
अहिलेको आर्थिक हाहाकार ,सबै युवा रोजगारीको सिलसिलामा प्रवासमा |
प्रदेस १ मा नै पनि बिबिध कारणले यहाको भूमिको लागि लडिरहेको पहिचानबादी पार्टीहरुले गत चुनाबमा हार्नु परेको अवस्था ,
प्रदेस १ बाहेक अन्य प्रदेसहरुमा पहिचानको आन्दोलन लगभग सुस्ताएको अवस्था ,
हिजो पहिचानको मानक बनेको मधेश र थरुहट केन्द्रीय /प्रान्तीय सत्ताको कुर्सिको यात्रामा र सायद अब उहाहरु कहिले पनि सडकमा फर्किने अवस्था नरहेको स्थिति ,
सबै भन्दा मुक्ति खोजिरहेको १४ % दलित समुदायले आफ्नो मुक्तिको बाटो नै तय गर्न नसकिरहेको अवस्था ,
क्षेत्री बाहुनलाई तथानाम गालि गरेर ,आदिबासी जनजाति शब्द प्रति घोर आपत्ति जनाएर क्रान्तिकारिता प्रदर्शन गरिरहेको ” मंगोल ” साथीहरु कोशी को विरुद्ध जेहाद छेडछन् होला भनेको त कुन मुसाको दुलो भित्र लुकेर त्यहि मनुबादी कोशी ठिक छ भन्दै हिडेको देखेर कहाली लागेको बेला ,
१६ % खस समुदायले आफ्नो मस्टो परम्परा पुरै बिर्सिएर बैदिक सनातान तिर अलमलिरहेको अवस्था ,
१८ औ सताब्दीको सतीप्रथा भन्दा पनि पुरातन बिचार बोकेको तर नया शक्तिको जामा भिरेका स्वतन्त्र भनाउदाहरुले जन समुदायलाई अलमलाई रहेको अवस्था ,

देशको यस्तो कहालीलाग्दो अवस्थामा पनि ,

अहिले प्रदेस न .१ मा कोशी नाम को बिरुद्धमा र पहिचानको पक्षमा लडनको लागि ,

२ घण्टा भित्रमा १० हजार युवा,एल भी हरुको मिलिट्यान्ट फोर्स हामि सडकमा उतार्न सक्छौ ,
ल यो कुराको त हामि यो देशको सरकारलाई चुनौती दिएर नै दावा गर्छौ ,

जताततै खडेरी लागेको बेला ,प्रदेस न .१ मा पहिचानको पक्षमा हजारौ को संख्यामा मिलिट्यान्ट युवाहरु पाउनु भनेको इतिहासमा बिरलै हुने अवस्था हो ,

त्यसैले प्रवासमा रहनु भएका र घरबासमा रहनु भएका सबै पहिचानप्रेमी दाजुभाई दिई बहिनीहरुलाई हामि आव्हान गर्छौ ,
युवाहरुको यो उच्च मनोबल लाइ घटन नदिउ ,

किनकि आज हामि अलिक कमजोरी भएको यौटै क्षेत्र हो -आर्थिक ब्यबस्थापन |
आर्थिक ब्यबस्थापन भयो भने दशौ हजार युवाहरु वार पारको लडाई लडन तयार छन् ,
अघि नै भनियो यस्तो अवस्था सधै आउदैन है |
त्यसैले अब ,जोखाना हेरेर नबसौ ,एक एक सेकेन्ड हाम्रो समय गैरहेको छ ,एक योद्धा को शब् हस्पिटल मा छ ,हाम्रो समय कम छ ,
जोखाना हेरेर नबसौ ,आर्थिक ब्यबस्थापन मा उत्रौ ,

मेरो छोराको बिहेमा १५ लाख खर्च गरे ,छोरीको बिहेमा १४ लाख खर्च गरे तिरको कम्पिटिसन होइन ,
भुमि मुक्तिको लडाइमा कसले बढी योगदान गर्ने भन्ने कम्पिटिसन शुरु होस् |

मैले यति तोला सुनको गहना बनाएर राखेको छु मा होइन मैले कोशी खारेजमा यति योगदान गरे भनेर दिदि बहिनीहरुमा छलफल शुरु होस् |

आर्थिक ब्यबस्थापनमा सबै सक्रिय हौ ,सडकमा निर्णायक लडाई लडन युवा ,एल भी हरु तयार छन् |

कोशी नाम – खारेज गर ,
सहिद लाजेहांग लिम्बु अमर रहुन
जय १०+१ प्रान्त ,


प्रदेश नामको खारेजि संयुक्त संघर्ष समितिको बैंक खाता रोकिएपछि आफ्ना कार्यकर्ता र शुभ चिन्तकहरुलाई थप उर्जा मिलेको बताएको छ।अब आन्दोलन झन ससक्त बनाउने थप उजा मिलेपछि राज्यले थाम्नै नसक्ने पनि उल्लेख गर्नु भएको छ।