चट्पटेवाला”अटले,

चट्पटे बेच्छ की सपना बेच्छ अटले:ले ?
थाप्लोमा ढाकी बोकेर
आकांक्षा बेच्छ की कल्पना बेच्छ अटले:ले ?
गाऊँ – गाऊँ, शहर – शहर
टोल र गल्ली घुमेर….

चट्पटे बेचेरै भविश्य किन्छु भन्दो हो अटले
चट्पटे बेचेरै जिन्दगी सुधार्छु भन्दो हो अटले

चाना – मटरको दाना – दानामा खोज्दो हो
केही खुशीहरू अटले
मसाला, खुर्सानीको चुर्णहरूमा खोज्दो हो
मुट्ठीभर जीवन अटले

बाटोको चौपत्तिमा बसेर
मर – मसालासंगै चट्पटेमा
मुस्कानहरू फिट्छ अटले
आँसु, पसिना र परिश्रम निचोड्छ
मसिना टुक्रा रहरहरू मिसाउँछ
अनि कलिला सपनाहरू छिट्छ अटले

सब थोक घोलेर आफ्नो दु:खहरू टाल्छ !

सुन्नेले सुनोस – नसुनोस
किन्नेले किनोस – नकिनोस
खानेले खावोस – नखावोस
दोबाटोमा उभेर भट्याई रहन्छ अटले

“ऐ चना चट्पटे !”

ओंठको हाँसो बद्लोस् नबद्लोस्
जीवनमा बसन्त आवोस् नआवोस्
मौसम जस्तै बद्लिन्छ उसको इच्छाहरू
ॠतु जस्तै बद्लिन्छ उसको सपनाहरू

ए,चट्पटे,वाला अटले,
सम्झिन्दै अरूको मुखमा पानी आउँछ
चट्पटे,
सम्झिन्दै उसको आँखामा पानी आउँछ

विचरा, पुग – अपुग
घाम होस या पानी
भोक होस या तिर्खा
मरिमेट्छ परिवारको निम्ति
खटिरहन्छ पापी – पेटको निम्ति अटले

समस्याहरू भूल्छ,
इच्छाहरू भूल्छ,
र तयार पार्छ स्वादिष्ठ अमिलो, पिरो चट्पटे अटले !!

सब्द:-= लेखक……
अटल सेनेहाङ ( याक्थुङबा )

लालीगुराँस नगर:पालिका वार्ड:नं=६ ( मेन्द्रूक)
लिम्बुवान बस्ती,,, तेह्रथुम !
हाल=क्षितिज पारिको बिरानो ठाउँ वाट..

सब्द...सहयोगी.......
सुनिता जबेगू लिम्ब