नेकपा (एमाले) स्थायी कमिटीका सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले राष्ट्रले नै केपी शर्मा ओलीलाई चाहेको र सम्मान गरेको स्मरण गराएका छन् ।
उनले भने`अहिले पार्टीले केपी शर्मा ओलीलाई मानेको छ, सम्मान गरेको छ। पार्टीले मात्रै होईन, सारा जनताले पनि मानेको छ। अहिले जनताले केपी बा भन्छन् । उस्तै पर्यो भने केपी आउ, देश बचाउ भन्ने बेर छैन् यहाँ ’।
रायमाझीले प्राइम टिभीबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले नेपालका अरु नेताहरु ओलीको सामू फिक्का भैसकेको पनि टिप्पणी गरे । उनले भने,‘अध्यक्ष केपी ओलीप्रति जनताको क्रेज बढ्दा सबै खुशी हुनुपर्छ ।
अहिले एमालेको अध्यक्ष केपी शर्मा ओली नै हो । उहाँ सर्वसम्मत् रुपमा अध्यक्ष बन्ने प्रवल सम्भावना छ ।’ उनले केपी ओलीसँग टिक्न नसकेर प्रचण्ड भागेको आरोप लगाए । उनले भने,‘कुरा नमिल्दैमा भाग्नुपर्छ ´।