डेंगुले त्राहिमाम भएको बेला लार्भा मार्ने कार्यक्रममा एक युवकले बिरोध गरेपछि पक्राउ

सुनसरी धरान- डेंगुले त्राहिमाम भएको बेला लार्भा मार्ने कार्यक्रममा एक युवकले बिरोध गरेपछि पक्राउ
पछिल्लो समय धरानमा डेंगुले दर्जनौं ब्यक्तीको मृत्यु सयौको संख्यामा मानिहरु बिरामी भएको ले धरानमा डेंगु मार्ने अभियाननै थालेका मेयर हर्क साम्पाङ माथि एक युवकले नानाभाति भनेपछि यतिखेर पक्राउ परेका छन।
लार्भा नष्ट कार्यक्रममा उनले बिरोध शैलिमा मेयरलाई पानिको पाइप फुटेको भनेर आक्रोषित पारामा मेयरको बिरोध गरेका थिए।
साथै छिमेकमा एकै घरको धेरै सदस्य बिरामी परेको सुनाएका थिए।
गुनासो गर्ने सम्बन्धित निकायलाई भन्न छोडेर कार्यक्रममै बिरोध गरेपछि पक्राउ परेका प्रत्यक्षदर्शिले बताएका छन।
गुनासो नै गर्ने हो भने बिस्तारै भन्दा हुने वा कार्यलयमा गएर भन्नु पर्ने हो तर फिल्डमै आक्रोषित भएर बिरोध गरेको कारण पक्राउ पर्नु जायज हो भन्दै धरान १५ का बिजय लिम्बू बताउछन।
यतिखेर डेंगु धरानको लागि चुनौतिको रुपमा भएको ले गर्दा लार्भा नष्टमा सहकार्य गर्नुको साटो बिरोध गर्नु कतै न कतै पार्टीको कार्यकर्ता हुन सक्ने अनुमान बताउछन लिम्बू।