तेह्रथुम को बसन्तपुर चोलुङ पार्कमा चासोक तङनाम सम्पन्न

तेह्रथुम को बसन्तपुर चोलुङ पार्कमा चासोक तङनाम सम्पन्न
इटहरी,१० पुस २०८०
नेपालको पुर्वि जिल्लाहरुमा किराँती लिम्बुहरुको चाड चासोक तङनाम पुस १० गते सम्पन्न भएको छ।
झापा मोरङ सुनसरी इलाम पाचथर ताप्लेजुङ तेर्हथुम लगायत जिल्ला हरुमा आफ्नो आफ्नो तरिकाले चासोक तङनाम सम्पन्न गरिएको छ।

त्यस्तै तेर्हथुमको बसन्तपुरको चोलुङ पार्कमा पनि चासोक तङनाम भव्य साथ सम्पन्न भएको छ।किराँती लिम्बुहरुको भाषामा चासोक तङनाम उधौलि पर्व भनेर बुझिने गरिएको छ।चासोक तङनाममा बालि भित्राइसकेपछि उक्त बालि प्रकृतिलाई माङ ठानि चढाउने घरपरिवारको उन्नति प्रगति रोग प्रतिरोधको लागि शक्ति माग्ने विशेष खाल्को आस्था रहेको छ।

लिम्बुजातिले विशेष गरि मनाउने यो पर्वमा आफ्नो अन्नबालि प्रकृति लाई चढाएर मात्र घरमा चलाउने चलन रहेको छ।प्रकृतिदेविलाई अन्न चढाएपछि रोगब्याधि नलाग्ने लिम्बुको मुन्धुममा रहेको छ।

नेपालको पुर्विभेगमा रहेको लिम्बू कोशि प्रदेशमा करिव ८% को हाराहारिमा जनसंख्या रहेको छ भने नेपालको कुल जनसंख्यामा १%बढि जनसंख्याको मापदण्डमा पर्ने गरेको छ। लिम्बुजातिले बिशेषगरेर मौलिक चाडपर्वमा पहिचानकोपनि आवाज उठाउने गरेका छन।

तेर्हथुमको बसन्तपुरको चोलुङ पार्कमा च्याब्रुङ सहित चासोक तङनाम मनाइएको लालिगुरास नगर लिम्बू समाजका सचिब किरण लिम्बुले बताउनु भएको छ।नेपालको अघिकांश लिम्बू जातिको बाहुल्यता भएको ठाउमा चासोक मनाइदै आएको छ।चोलुङपार्कमा पनि लिम्बू जातिको पहिचानलाई निरन्तरताको लागि चासोक मनाउनै पर्ने किरण लिम्बुको बिचार रहेको छ।