दमकमा खुकुरी प्रहारबाट प्रकाशको मृत्यु

हिजो राती अज्ञात समुहले खुकुरी प्रहार गरि दमक २ घर भइ बर्ष २५ को प्रकाश पराजुलीको हत्या भएको छ,प्रकाश् दमकको घिमिरे मार्केटमा कपडा पसलमा कार्यरत थिए,मृतक प्रकाश् करिब रातको ७ बजे कामबाट फर्कने क्रममा केही अज्ञात समुहले पछाडीबाट टाउको र घाटी रेटि हत्या गरेको स्थानीय बताउँछन्,प्रकाश घरको काइलो छोरा हुन उमेर २५ बर्षका थिए,सिसि टिभीमा कैद ३ जनालाई दमक प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान भै रहेको डिएसपी नबराज कार्कीले बताउनु भयो अन्य जानकारी आउन भने बाकी छ