नेपाली चेलीको २ लाख नगद र १ लाख बराबरको फोन लिएर फरार

मोरङ उर्लाबारी (बिक्रम लिम्बू):- नेपाली चेलीको २ लाख नगद र १ लाख बराबरको फोन लिएर एक ब्यक्ति फरार रहेका छन।

वैदेशिक रोजगारीको शिलशिलामा रहेकी नेपाली चेली मनमाया लिम्बुको करिब नगद र जिन्सी गरेर ३ लाख बराबर ठगि गरी कृष्णमणि ढकाल नाम गरेको ब्यक्ती सम्पर्क बिहिन रहेका छन।

धनकुटा हिले घर बताउने पिडित लिम्बु इराकमा काम गरेकै ठाउ नजिकै चिनेको धनकुटाका राम बहादुर अधिकारी द्वारा चिनजान भएको कृष्णमणि ढकालले सर्विया पठाइदिन्छु दिदी भन्दै मोबाईल पठाइ मागेपछि पछि भिषा आयो भनेर नगद मागेको पिडितको कुरा छ।लिम्बुलाई पैसा पठाइमाग्दा नितेश पौडेल नाम गरेको ब्यक्तिको नाममा लगाउन लगाएको रहेछन।सानिमा बैंकमा नितेश पौडेलको नाममा बैंक अफ काठमान्डुको एकाउन्ट नम्बर रहेको पैसा पठाएको पर्चा समेत लिम्बुले जानकारी दिनु भयो।

पिडित लिम्बुका अनुसार हजार डलर मासिक तलबको प्रलोभन देखाएर लोभिएको कारण आज ठगिएको बताउनु भएको छ।
इराक बाट फर्किने बितिकै गौशाला प्रहरी इलाकामा ठगिएको निवेदन समेत दिइसकेको तर प्रहरीले नै २२ दिन झुलाएर अन्तमा तपाईं सोझि हुनुहुदो रहेछ त्यसैले ठग्यो यहाँ करोडौ ठग्नेहरु पक्राउ परेको छैन तपाइको ३ लाख रहेछ भन्दै फर्काएको कुरा याद गर्दै भक्कानिइन ।

प्रहरी आफैले ठग दलाल अपराधि समाउन सक्दैन भने पिडितले कसरी न्याय पाउने भन्दै यतिखेर मिडियामा हुलिया दिदै झिनो न्याय पाउने आशमा आउनु भएको बताउनु भएको छ।