पैसा तिर्न नसक्दा अस्पतालमै बन्दक,संगैको साथिको मृत्यु(भिडियो सहित)

प्रकाश बिक घाइते

सुनसरीको बराह नगरपालिका वार्ड नं ९ राजाबासमा करिब १ महिना अघि २ युवक सोही ठाउमा बस्ने बर्ष २३ का अंमृत बिक मोटरसाइकल दुर्घटनामा परी घट्नास्थलमै ज्यान गएको थियो भने वर्ष २४का प्रकाश बिक गम्भीर घाइते भएपछि  उपचारको लागि बिराटगर स्थित बिराट नर्सिङहोममा उपचार गरिदैआएको छ।
अस्पतालले प्रकासलाई डिस्चार्ज गरेको २० दिन पुगिसक्दा पनि परिवारजन संग पैसा नभएको कारण डिस्चार्ज लिन नसकेको परिवारको भनाई छ।
उत्तर बाट पुर्ब दिशा मोडिने क्रमको ट्याक्टर पुर्व बाट उत्तर मोडिने मोटरसाइकल दुबै अनियन्त्रित हुदा घट्ना घटेको स्थानीयको भनाइ छ।
पुर्बबाट आएको मोटरसाइकल तिब्र गतिमा रहेको तर हर्न बजाईरहेको थियो तर ट्याक्टरले छेउ बाट मोड्नु पर्नेमा पर बाट मोड्नेहुदा मोटरसाइकललाई मोड्न थोरै क्षेत्र भएपछि दुर्घट्ना हुन पुगेको प्रत्यक्षदर्शी बताउछन।
ट्याक्टर चालक दुर्घटना भएको थाहा पाउने बितिकै फरार भए भने स्थानीयले प्रहरीको ढिलासुस्तीका कारण पिडक भागेको खुलाएका छन।

मे १ त २४८५ नम्बरको ट्याक्टरचालकलाई प्रहरीले नियन्त्रण नलिएको र प्रहरीले ट्याक्टरपक्षमै रहेको स्थानीय र आफन्तजनको आरोप रहेको छ।