नेपाल संघात्मक राष्ट्रमा प्तवेश गरेसंगै प्रदेश नामको आन्दोलन तिब्ररुपले बढेको छ।यतिखेर प्रदेश १ को राजधानी बिराटनगरमा “किरात लिम्बुवान “हुनुपर्छ भन्दै विभिन्न दल र संगठन मिलि एकसाथ आन्दोलन गरिरहेका छन। संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च पार्टीको अध्यक्ष कुमार लिङदेन “मिराक” को संयोजकत्वमा आन्दोलन चलिरहेको छ।
यता प्रमुख प्रतिपक्षी एमाले भने जातिय पहिचानको बिपक्षमा रहेको छ भने कांग्रेसले नामको बिषयमा अडान लिइसकेको छैन।जसपा ,जनमुक्ति ,सलोराम लगायत दलहरुले भने पहिचान सहितको नाममा सहमति जनाएका छन। प्रदेश १ का मुख्यमन्त्री नरेन्द्र राई स्वयंले बहुपहिचानको नाम मा मात्र स्विकार्य हुने भएपछि केहिदिन पहिला आलोचनमा घेरिएका थिए।