(ताप्लेजुङ- एकदमै बिकट दुर्गम जिल्ला ताप्लेजुङ मिक्वाखोला ३ काडे(साविक-६) गाउमा एउटी सानी १० वर्षकी नानिको हालत निकै खराब अबस्थामा भेटिएकी छिन।
जन्मेको केही महिनामा नै नानी आगोमा पसेको कारण नानिको शरिर लगभग ८०% आगोले जलेको छ।उनको एक दायाँ हात समेत जोडिएको छ।
आर्थिक अबस्था पनि निकै कमजोर भएको कारण आमा बुवाले पनि उपचार गर्न नसक्दा नानिको अबस्था दननिय भएको हो।हल्का मात्र बोल्न सक्ने नानिको शरिर ८०%आगोले भेटेको रहेछ। आमा बुवालाई मेलापातमा जादा नानिलाई ढोका थुनेर जानू पर्ने बाध्यता रहेको नानिले बताउछन।यदि नानिलाई खुलै छोडे जहा पनि लड्ने पुनः अर्को घट्ना दोहोरिने डर अभिभावकमा उतिकै रहेको छ।