बैंक र एक ब्यक्तिको मिलेमतोमा गरिवको उठिबास (भिडियो सहित)

बिक्रम लिम्बू(झापा)- झापा जिल्लाको मेचिनगर नगरपालिका २ मा एउटा गरिबको उठिबास भएको छ।nic asia bank का मेनेजर र गाउकै एक धनाढ्य ब्यक्ती मिलेर केशर बहादुर बस्नेतको उठिबास लगाएका हुन।
nic asia bank बाट करिव २०१८ फ्रेब्ररी ९ तारिकमा ९लाख ५० हजार ब्यापारको लागि ऋण लिएका केशर बहादुर बस्नेतले कोरोनाको महामारीमा १० महिना सावा ब्याज तिर्न नसक्दा बैंकले स्थानीय छिमेकिलाई नै लिलामि गराएको छ।
करिब २४-२५ लाख जतिको घर जग्गा बैंकले केवल १२लाखमा लिलाम गरेको हो ।पिडित केशर बहादुर बस्नेतका अनुसार बैंक बाट न त कुनै नोटिस आयो न त कुनै पत्र नै आएको छ।तर बैंकका अनुसार सबै डकुमेन्ट सहि छन। केशर बहादुर बस्नेतको नाममा पत्र पठाउने कुरा देखि लिएर नोटिस दिने समेत भइसकेको बताएका छन।पत्र पठाउदा हस्ताक्षर गरेरै बैंक कर्मचारीले हातमै थमाएर आउने गरेको बताएका छन।
तर यता पिडित भने बैंकले कुनै खवर नै नगरेको उल्टो नोटिस चाहि लिलामीमा किन्ने ब्यक्तिको घरमा टासेको बताउछन।

यतिखेर बैंकलाई १२लाख तिरेर लिलामिमा किन्ने ब्यक्ति भने सम्पर्कमा आएका छैनन् ।उनले लिलामि हुँदै गर्दा छिमेकिकै जग्गा हुदा पनि खवर नगरेको भन्दै स्थानीयबासी आक्रोषित छन।लिलामि सम्म पुराउने पनि तिनैको हात हुन सक्ने स्थानीय बताउछन।

स्थानीय समाज भद्रभलाद्मीको समूह पनि छलफलमा बसेको तर समाजले पनि मिलाउन खोज्दा लिलामिमा किन्ने ब्यक्तिले केवल २ महिनाको मात्र म्यादमा १३ लाख ५० हजार तिर्न म्याद दिएको वडामै कागज कोरिएको छ।