भाइरल सागर बसन्ते कृष्णेको म्युजिक भिडियो सार्वजनिक

भाइरल सागर बसन्ते कृष्णेको म्युजिक भिडियो सार्वजनिक
-
- https://youtu.be/LPb2ZoOoHYQ?si=0n2v9Mbce1GDSaF
कुनै ताका सामाजिक सञ्जालमा सागर बसन्ते कृष्णे शब्द निकै भाइरल बनेको थियो। एक म्यादी प्रहरी युवकले आफ्नो साथिहरुलाई सोही नाम तोकेर भिडियो बनाएपछि उक्त भिडियो भाइरल बनेको थियो।
उक्त नाम फेरि भाइरल हुने दाउमा देखिएको छ।
गायक इन्द्र शुशिल लिम्बुको संगित र समधुर स्वरमा रहेको उक्त गितमा मोहन लिम्बू सावाको शब्द रचना रहेको छ।
बालापन झलझलि सम्झाउने उक्त गितमा बालपनको मित्रतालाई झल्काउने प्रयास गरिएको छ।उक्त गितमा चर्चित तिनजुरे अनलाइन टिभिका सञ्चालक पत्रकार देबेन्द्र दिल दुखि चोङबाङको समेत अभिनय रहेको छ।
साथि साथि भेट भएपछि पुरानो कुरा याद गर्दै फेरि एकपटक तरोताजा गराउने शब्दको गितमा पत्रकार देबेन्द्रले बालापन याद दिलाएको बताएका छन।
उक्त भिडियोमा साथै रवि किरन मादेन, राज थापा,राम गुरुङ,सरोज लिम्बूको संयुक्त अभिनय रहेको छ।
यो म्युजिक भिडियोले पक्कै पनि सबै दर्शकहरुलाई एक पटक आफ्नो बालापनको याद दिलाउने अर्का पत्रकार तथा तिनजुरे अनलाईनका अध्यक्ष रवि किरण मादेनको दावि रहेको छ।
पुर्वि लोकभाकामा रहेको उक्त गित सिमिकलुङ दर्पण नाम गरेको युट्युब च्यानलमा सम्प्रेषण गरिएको छ