मेयर बालेन शाह र हर्क साम्पाङ बराबर काम तर ठुला मिडियाले देखेन
मोरङ बिक्रम लिम्बू यतिखेर नेपालमा चरचित मेयरहरुको नाम लिदा केवल काठमाडौंका बालेन शाह र धरानका हर्क साम्पाङको नाम अगाडि आउछ।तर यस्तै काम गरेर जनताको मन जितिरहेका उर्लाबारी ३ का वडाध्यक्ष भिष्म बुढाथोकी भने ओझेल झै रहेका छन। स्थानीय जनताको मन जितिरहेका जनप्रतिनिधि बुढाथोकी जनताको लागि हरदम काममा तत्परता देखाइ रहेका छन।भर्खरै उर्लाबारी वडा नं. ३ काे वडाध्यक्षको अगुवाइमा तेलि खाेलाा तटबन्ध निर्माण पनि सम्पन्न भएको छ।
उर्लाबारी-३ मंगलबारे सिमलडाडामा रहेकाे तेलि खाेलामा वडा नं. ३ काे अगुवाईमा आज जनश्रमदान मार्फत तटबन्ध निर्माण गरिएकाे छ ।
उर्लाबारी-३ वडा कार्यलयकाे अभियान अन्तर्गत साे काम सम्पन्न गरिएकाे वडा अध्यक्ष भिस्म बुढाथोकी ले बताउनु भयाे साथै उहांले अव प्रतेक महिनाकाे एक दिन सम्पुर्ण वडा वासीलाई वडाकाे विकासकाे निम्ति श्रमदानमा सहभागी भइदिन अग्रह पनि गर्नु भयाे ।
आजकाे अभियानमा उर्लाबारी नगर प्रमुख गंगा खरेल,उप-प्रमुख मिना पाैडेल,वडा नं. ३ का वडा सदस्यहरू संगै वडाका कर्मचारी ,सालबारी एकता क्लब,मंगलबारे युवा क्लब,संचारकर्मी, वडा वासी ,स्काउट उर्लाबारी ,मंगलबारे प्रहरी ,वडा नं.-२ वासी र वडा र नं. ७ वासी समेतकाे उपस्थिति रहेकाे थियाे ।
साे क्रममा नगर प्रमुख खरेलले काम राम्राे भएकाे र आवश्यकता हेरेर नगरले सहयाेग गर्ने वचन दिनु भएकाे स्थानिय केशब लिम्बुले जानकारी गराउनु भयाे ।
आज जम्मा ५ वटा जालीमा ढुङगा भरिएकाे र अब आउने सनिवार थप ४ वटा जालीमा ढुङगा साेहि स्थानमा लगाइने वडा सदस्य मित्र ढकालले बताउनु भयाे ।