मोरङको लेटाङमा पाहुनाको हत्या

BL Media
NTC

मोरङको लेटाङमा पाहुनाको हत्या, ८१ वर्षे वृद्ध पक्राउ

facebook sharing button
messenger sharing button
sharethis sharing button
Breaknlinks

मोरङको लेटाङ नगरपालिका-२ फँडानीमा एक पुरुषको सोमबार राति हत्या भएको छ।

६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएको हो। हत्या आरोपमा प्रहरीले राति ८१ वर्षीय डम्बरबहादुर भुजेललाई पक्राउ गरेको छ।

बुढाथोकीको शव भुजेलको आँगननजिकै भेटिएको थियो। बेलुका घरबाट शव घिसारेर बाँसघारीसम्म लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

स्थानीय शिक्षक राजेन्द्र खतिवडाका अनुसार बुढाथोकीको टाउकोमा बन्चरोको पछाडिपट्टीको भागले हानेको जस्तो देखिन्छ।

मृतक बुढाथोकी केही दिनयता हत्या आरोपी भुजेलको घरमा बसेका थिए। सोमबार बेलुका उनीहरूले सँगै मदिरा सेवन गरेको स्थानीयले बताएका छन्।

मदिरा सेवनपछि उनीहरूबीच विवाद भएको र विवादपछि बन्चरो प्रहार गरी हत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।