युत्टुबर देखि पत्रकार र राष्ट्रिय मिडिया अनि राजनीतिककर्मी किन आजित

नेपालमा लोकतान्त्रिक गणतन्त्र आए संगै लेख्न बोल्ने अधिकार हरकोहिलाई दिएको छ।दिन दुइगुना रात चौगुना भनेझै स्वतन्त्रताले नेपाललाइ एउटा भव्य पर्व सरह बनाएको छ।यतिबेला हरकसैको सोध्न पाउने जान्न पाउने अधिकार संबिधानले नै दिएपछि स्वतन्त्रताको साख सबैले पाएका छन।

कुरा हो आज युट्युबर र पत्रकारिता मिडियाहरुको
आखिर किन आजित हुदैछन त युट्यूबर सर।
राष्ट्रिय मिडिया टिभिमा समेत मिडियाकर्मिले बोलिरहेका छन युट्युबलाई खुला छोड्नु हुदैन।छापा एँव अनलाइन न्युज पोर्टलमा पनि यस्ता लेखहरु मज्जाले भेटिन्छन। पत्रकार र मिडियाकर्मि युट्युबर देखि अतिनै आजित भएका छन।

युट्युबरहरुको गल्ति कमिकमजोरीहरु एक एक गरि बताउदै युट्युबर माथि कारवाहि गरिनु पर्छ युट्युबरहरुलाई पनि पत्रकारिताको तालिम दिएर दायरा भित्र राखिनु पर्छ भन्ने घुमाउरो कुराहरु प्राय देखि रहेको हुन्छ। पत्रकार र मिडियाकर्मी किन युट्युबर संग आजित छन भन्ने मेरो सानो बुझाइ होला तर यो मेरो लागि बृहत् पनि हो।म आफै युट्युबर भ्युअर क्रिएटर र साथै सानोतिनो छोटो मीठो नमिठो बिचार बिश्लेषण प्वाक्क ट्वाक्क लेखी हाल्ने खाल्को पनि भएकोले यो बिषय नलेखि नहुने उकुसमुकु भएकोले लेख्दैछु।

यो पछिल्लो केही वर्षमा युट्युब पैसा कमाउने गतिलो माध्यम भएको छ।युट्युबको कमाई साच्चिकै खट्नेको लागि लोभलाग्दो रहेको छ।युट्युबर भएपछि कसैको खटनमा बस्नु पर्ने अबस्था हुदैन ।आफै मालिक आफै नोकर हुन्छन युट्युबरहरु।क्यामेरा वा मोबाइल बोक्यो माइक बोक्यो अनि घट्नास्थल पुगेर केही कुरा खिचेर त्यसलाई हल्का सम्पादन गरेर पछाडिबाट केही ब्याकग्राउन्ड संगित राखेर युट्युबमा छाड्यो र त्यो चल्यो भने नसोचेको परिणाम यानि मनग्गे आम्दानि हुने गरेको छ।
पहिलापहिला मानिसहरु नयाकुरा सुन्न थाहा पाउन रेडियि टिभि पत्रिकाको साहार लिन्थे।
पत्रिका बिहानै पढ्न र दिन भरि रेडियो टिभिमा के कुरा भयो भनेर कुरेर बस्नुपर्ने अबस्था थियो तर युट्युब आइकन त्यो समय फेरिएको छ।तत्काल ताजा घट्ना युट्युब मा ट्रेन्डिङ भएर फैलिने गरेको छ।

खासगरि नेपालमा देखिएका युट्युबरहरु यसरिनै काम गर्ने गर्छन।युट्युबरको कारण कतिपय ठाउमा पिडितले न्याय पाएको छ भने कतिपय ठाउमा घरसमेत बिग्रेको छ।यद्यपि युट्युबरलाई पत्रकार र मिडियाकर्मिले देखि सक्दैनन् ।

पत्रकार सिमित छापा र अनलाईन न्युज पोर्टल संग सम्बन्धित हुन्छन।उनिहरु दायरामा रहेका हुन्छन।मिडियाकर्मि टेलिभिजन कर्मि समेत यस्तै दायरा भित्र हुन्छन।उनिहरु कसैको मुनि रहेर खटनमा काम गरिरहेका हुन्छन।अनि महिनामा बल्ल सिमित तोकिएको रकम बोकेर घर जाने गर्छन।
यहि अर्थमा युट्युबरको भने अलग छ।उनिहरु असिमित काम गर्छन।मन लागे गर्छन नलागे सुत्छन र पनि महिनामा पत्रकार र मिडियाकर्मिको भन्दा दोब्बर तेब्बर समेत पैसा कमाउने गर्छन।
कसैको खटनमा बसेर सिमित आर्थिक समेटिरहेको पत्रकार र मिडियाकर्मिको लागि युट्युबरहरु आखाला कसिंगर हुन।
यदि युट्युबरहरु नभइदिएको भए उनिहरुको सिमित कमाइ पनि आकर्षकनै हुन्थियो।मान प्रतिस्ठा अलग हुन्थ्यो।हरेक ठाउमा जादा उतिकै सम्मान पाउने थिए।तर युट्युबरहरुको प्रवेश भइकन नेपालमा पत्रकार र मिडियाकर्मिको काम खासै छैन।किनकि कन्टेन्टको नाममा सबै कुरा युट्युबरले तुरन्त ताजा अपडेट भनेर लगाइ सक्छन।
यसरी कन्टेन्ट पनि बासि हुने भएको ले पत्रकारहरु डिजिटल र टिभि मिडियाकर्मी पनि युट्युब तिर प्रवेश गरेका छन तर अझै पनि उनिहरुलाई युट्युबर देखि चित्त बुझेको छैन।त्यो हो युटयुबरको आसिमित कमाई भने मिडियाकर्मि र न्युजपोर्टलको समित तलब।
यसकारण पनियुट्युबर आखाको कसिङगर बनेका छन।

खवर यदि जिनिस वा बस्तु हो भने पत्रकार मिडियाकर्मि अनि युट्युबर सबै त्यसका व्यापारी हुन।
तर यति हो युट्युबरले खवर लगाए बापत असिमित रकम पाउन सक्छन भने पत्रकार र मिडियाकर्मिले तोकिएको रकम मात्र पाउने गर्छन।साथै पत्रकार मिडियाकर्मी परिधि दायरा भित्र हुनु पर्छ भने युट्युबरको असिमित दायरा रहेको छ।उनिहरु जुनै तह सम्म पनि गएर आवाज उठाउन सक्छन।किनकी नेपालमा हाल सम्म युट्युबरको लागि कुनै कानुन बनिसकेको अबस्था छैन।यद्यपि आजकल भने खवर सम्प्रेषण गर्ने युट्युबरले मिडियाको पत्रकारको लाइसेन्स भने लिनु पर्ने बाध्यता बनाइएको छ।साथै आजकल अनिवार्य न्युज पोर्टल किनेर दर्ता गर्नु पर्ने अबस्था भएको छ।

हुनत नेपालमा युट्युबको कारण कयौ रेमिट्यान्स भित्रको छ।गुगल बाट आएको पैसा नेपालमा रेमिट्यान्स सरह हो।जुन पैसा नेपालकै हितको लागि प्रयोग हुने हो।नेपालमा मेहनत गरेर बिदेश बाट नेपाल पैसा आउनु राम्रो कुरा थियो तर यसलाई भने यो नियमले केहि हदसम्म बन्धक ब्रेक गराएको छ।नेपालमा गुगलले सानातिना गरेर ५-१०लाख डलर मासिक रुपमा पठाउने गरेको छ।