श्रीमान बिदेशबाट आएको १० दिनमै फरार,२२ लाखको हिसाब छैन
श्रीमान बिदेशबाट आएको १० दिनमै फरार,२२ लाखको हिसाब छैन

वैदेशिक रोजगारीमा गएका शंकर सुनुवारको घर यतिखेर उजाड भएको छ।उनको घर उजाडिनुको पछाडि कुनै भुकम्प वा आधिहुरी नभइ उनैको जीवन संगिनी रहेकि छिन।यतिखेर शंकर सुनुवार ७ वर्षपछि घर फर्केका छन तर घर फर्केको केही दिनमै श्रीमती भने कतै एकाएक गायब भएका छन।उदयपुरको कटारी नगरपालिका वार्ड नं १२ काभ्रे टोलमा बस्दै आउनु भएका शंकर सुनुवारको अबस्था यतिखेर यता न उताको भएको छ।
भर्खर उमेरले ३१ वर्ष मात्र लाग्दै गरेकि रुपा सुनुवार(कोइच रसिका रसिका-फेसबुक नाम)यतिखेर श्रीमान र २ छोरा लगायत सबै परिवार संग सम्पर्क बिहिन भएकि छिन।
घरायसी झगडा त परेको छैन भनि सोध्दा त्यस्तो भनाभन समेत केही भएको छैन भन्दै शंकर बताउछन।उनले आफुले के गल्ति गरेछु र मेरो श्रीमती भागिन वा हराईन भन्ने उनैलाई थाहा छैन।उनी यतिखेर लगभग डिप्रेसनको शिकार जस्तै बनेका छन।
करिब ७ वर्ष अघि छुट्टिमा आएर विदेश गएपछि घर नै नफर्केका शंकर सुनुवारलाई यसैमा ठुलो गल्ति भयो भन्ने भान लागेको छ ।तर विदेशमा नेपालको जस्तो नहुने कुरा पनि बताउछन।अर्काको आदेशमा बस्नु पर्ने भनेको बेला खाना नपाइने ठाउमा बिना भिषा इल्लिगल रुपमा त्यहाको साहुले राखेको बताउछन।यदि त्यहा लिगल्लि भएको भए म आउने जाने थिए भनि स्विकार्छन शंकर राई।

करिव ७ वर्षमा १ वर्ष चाहि कोरोनाको कारण पैसा पठाउन नसकेको तर बाकि वर्षहरुमा प्रत्येक महिना राम्रै पैसा पठाएको र हाल सम्म सालाखाला ६०-७० लाख पठाइसकेको र पछिल्लो पटक आउने बेलामा २२लाख रकम पठाएको उनले बताएका छन।
शंकर सुनुवार घर फर्केरपनि श्रीमतीलाई त्यो रकम कहाँ कसरी कुन ठाउमा प्रयोग गरिन भन्ने समेत नसोधेको बताउछन।यतिखेर श्रीमती रुपा हिडेपछि आफु संग एक रुपैया पनि नभएपछि यतिखेर पछुताउनु परेको बताउछन शंकर सुनुवार।

नेपालमा पनि कयौं नेपाली युवाहरू वैदेशिक रोजगारीको लागि विदेश गएका हुन्छन ।कयौंको घरबार श्रीमतीले नै धानेका छन भने कयौंको यसरी भाग्ने बेपत्ता हुने गरेको छ।यस्तै एक जना पिडित शंकर सुनुवार बनेका छन।उनले श्रीमतीलाई जहा छौ जस्तो अबस्थामा छौ फर्किनु म जस्तो भए पनि स्विकार्छु हुने कुरा भइहाल्यो भन्दै भावुक बनेका छन।नानिहरुले पनि आमा जहा भएपनि आउनु भन्दै आमा रुपालाई फर्किन आग्रह गरेका छन भने नन्दहरुले दाजुले केही भनेको भए हामी सम्झाउछौ भाउजु जसरी नी आउनु होला भन्दै अनुरोध गरेका छन।