सुन्दरहरैंचामा श्रीमतीद्वारा पतिको ह#त्या
सुन्दरहरैंचामा श्रीमतीद्वारा पतिको हत्य
मोरङको सुन्दरहरैंचा नगरपालिकामा शुक्रबार राती एक महिलाले आफ्नै श्रीमानको ह, त्या गरेकी छन । वडा नं १० स्थित त्रिवेणि चौक पुर्व पट्टी रहेको वरपिपल चौक बस्ने ५५ वर्षिय गंगाबहादुर दनुवारको मृत्यु भएको हो ।
शुक्रबार राती करिब ८ बजे आफ्नै घरमा घरायसी विवाद हुदा ४० वर्षिय श्रीमती विना दनुवारले श्रीमान गंगाबहादुर दनुवारलाई धकेल्दा श्रीमान दनुवारको मृत्यु भएको थियो ।
प्रहरीले दनुवारको श्रीमती विना दनुवारलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मृतक दनुवारको शरिरमा चोट पटक देखिएको छैन । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।