५ महिना देखि श्रीमान बेपत्ता,श्रीमती खोज्दै मिडियामा(भिडियो सहित)

झापाको कमल गाउपालिका ६ बसन्तचोक मा बस्दै आएकि पबित्रा धिमाल यतिखेर श्रीमान लाल बहादुर धिमाल खोज्दै खोज्दै हिडिरहनु भएको छ।
करिब ५ महिना पहिला बिहानको करिब ५ बजे घर बाट हिडेको श्रीमान मरिसके कि ज्यूदो छन उनलाई अत्तोपत्तो छैन।
श्रीमान हराएको दिन देखि एक पटक पनि सम्पर्क नआएको उनको भनाई छ।

श्रीमान लाल बहादुर खोज्न उनी चारै तिर धाइसकिन।भारत समेत गएर श्रीमान खोजेकि उनले बताएकि छिन।
श्रीमान हराउनु पुर्ब तपाइहरुको घरायसि झगडा वा मनमुटाव थियो कि भन्ने प्रश्नमा उनले त्यसतो घरै छोडि हिड्ने भएको त छैन भनेर बताएकि छिन।
लगभग ७-८ महिना एउटि केटिको कारण भने श्रीमान संग केही झगडा परेको थिएछ ।तिनै केटि संग श्रीमान रहेको आशंका समेत पबित्राको रहेछ।