५ वर्ष सम्म तलब सेवा सुबिधानै नलिने ,जनताको कर जनतामै लगानी

सुन्दरहरैचा वार्ड नं ४ का प्रत्यासी उम्मेदवार टिकाराम दाहाल

यो पटक पनि हाम्रो लाई हैन राम्रोलाई चुनौ।
पुरानोलाई हेरियो पटकपटक
अब नयाँलाई हेरौ एकपटक

देश संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको धेरै वर्ष भइ सक्यो,स्थानीय चुनाव र केन्द्रीय चुनाब दोश्रोपटक हुन लागेको छ।
यहि बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएको छ।तर यो २-२ पटक निर्वाचन हुदा पनि सहि नेता भेटाउन सकिएन भन्ने जनताको गुनासो छ। यद्यपि तिनै जनताले भोट भने दिएर राम्रो नेता चुन्ने प्रयत्न भने छोडेका छैनन् ।
यो पटक पनि हाम्रो लाई हैन राम्रोलाई चुनौ।
पुरानोलाई हेरियो पटकपटक
अब नयाँलाई हेरौ एकपटक
जस्ता नाराले जनतालाई प्रेरित गरेकै छ तर पनि कतै न कतै जनतामा निराशा पनि छाएको छ।राम्रो नेता चुन्दा पनि समस्या ज्यूको त्यू छ।जनताले हाम्रो देशको काचुलि कहिले फेरिन्छ भनेर दुखेसो पोखिरहेको हुन्छन।

राम्रो नेता चुन्ने क्रममा हामिले यो पटक भने मोरङको सुन्दरहरैचामा भेटेको छौ।उहाको नाम टिकाराम दाहाल रहेको छ।उहाँ नेकपा माओवादी तर्फ बाट यो आसन्न स्थानीयतहको चुनावमा वडाध्यक्षको उम्मेदवारी दिनु भएको छ।
पहिलाको चुनावमा नेताहरुले म यो गर्छु भनेर ठुला ठुला गफ दिए तर पूरा गरेको भने पाइदैन।त्यो कुरा सर्वबिबितै छ।तर मोरङको सुन्दरहरैचामा भने एउटा यस्तो नेता जन्मेका छन जसले आउदो चुनावमा आफुले जिते ५ वर्षको कार्यकालमा एउटै तलब नलिने घोषणा गरेका छन।
जनता बाट उठेको करबाट पाउने तलब भत्ता सेवा सुबिधा नलिने भनेर घोषणा गरेपछि यतिखेर सुन्दरहरैचामा साच्चिकै राम्रो नेता आएको छ भन्ने लागेको छ।

देशभरिकै नेताले बिकासको ठुलठुला रामायण किताब छापेका छन तर जनता बाट उठेको करबाट पाउने तलब भत्ता कसैले पनि नलिने घोषणा गरेको छैन।उहाले जनताको कर जनतामा नै पुराउने अठोट लिनु भएको छ।पहिलापनि उहाँले उम्मेदवारी नदिदा पनि उक्त क्षेत्र उहाँकै पहलमा बिकास निर्माणहरु आफ्नै लगानिमा भएका छन ।र अगाडि दिनहरुमा पनि नगरबासीले नपत्याए पनि यसरीनै जनसेछा गर्दै जाने टिकाराम दाहालको इच्छा रहेको बताउनु भएको छ।