७ वडाध्य्यक्ष सहित २९ जना जनप्रतिनिधीले दिए एकसाथ राजिनामा


उर्लाबारी- ७ वडाध्यक्षसहित उर्लाबारीका २९ जना जनप्रतिनिधिले दिए राजीनामा
उर्लाबारी नगरपालिकाका २९ जना जनप्रतिनिधिले पुनःजनप्रतिनिधि हुने इच्छा राख्दै शुक्रबार राजीनामा दिएका छन् । नगरका ९ वडामध्ये ७ वडाध्यक्षले राजीनामा दिएका छन् ।
वडा नं. १ का वडाध्यक्ष मचिन्द्रकुमार कार्की, २ का वडाध्यक्ष राजन कँडेल, ३ का वडाध्यक्ष गञ्जबहादुर कार्की, ५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुली, ६ का वडाध्यक्ष चिन्तामणि पौडेल, ७ का वडाध्यक्ष वीरबल थापा र ८ का वडाध्यक्ष कुलबहादुर कार्कीले राजीनामा दिएका हुन् ।
यस्तै, वडा नं. १ का वडा सदस्यहरु टिका भुजेल र सन्तकुमारी विश्वकर्मा, वडा नं. २ का वडा सदस्यहरु बानु सुब्बा र गोविन्दप्रसाद चौलागाई, वडा नं. ३ का वडा सदस्यहरु भीष्मराज बुढाथोकी, सोमप्रसाद तिम्सिना र तुलसादेवी घिमिरे, वडा नं. ४ का वडा सदस्यहरु कल्याणकुमार राई, कृष्णमाया कडरिया र अमृता नेपाली, वडा नं. ५ का वडा सदस्यहरु रविन लामा, तुलबहादुर थापा र रामकुमारी विकले राजीनामा दिएका छन् ।
यसैगरी, वडा नं. ६ का वडा सदस्य सचिन शाक्य र दुर्गावती लिम्बू, वडा नं. ७ का वडा सदस्य निरोज तिम्सिना, छत्रबहादुर कार्की र मन्जु परियार, वडा नं. ८ का वडा सदस्यहरु अग्निप्रसाद लिम्बू, चन्द्रा डाँगी, जानुका बराइली र वडा नं. ९ का वडा सदस्य पूर्णमाया परियार दर्जीले राजीनामा दिएका छन् ।
नगर प्रमुखमा उम्मेद्वारी दिने चर्चा चलेपनि नगर प्रमुख खड्ग फागो र उपप्रमुख लक्ष्मीदेवी भण्डारीले भने हिजो राजीनामा दिएनन् ।
हिजो राजीनामा दिने ७ जना वडाध्यक्षले पुनः वडाध्यक्षको उम्मेद्वार बन्ने आकांक्षा प्रस्तुत गरेका छन् । उनीहरु मध्ये मचिन्द्रकुमार कार्की नेकपा एकीकृत समाजवादी र कुलबहादुर कार्की नेकपा एमालेका हुन् भने अन्य पाँच जना नेपाली काँग्रेसका हुन् । अहिलेसम्म कसैको पनि वडाध्यक्षमा आधिकारिक रुपमा उम्मेद्वारी तय भएको छैन ।
यस्तै, वडा सदस्यबाट राजीनामा दिने अधिकांशले वडाध्यक्षमा दाबेदारी प्रस्तुत गरेका छन् । वडा नं. ३ का भीष्मराज बुढाथोकी नेकपा एमालेबाट सर्वसम्मत् वडाध्यक्षको उम्मेद्वार बनेका छन् । वडा नं. २ की बानु सुब्बा, वडा नं. ३ का सोमप्रसाद तिम्सिना, वडा नं. ४ का कल्याणकुमार राई, वडा नं. ५ का तुलबहादुर थापा, वडा नं. ६ का सचिन शाक्य, वडा नं. ७ का छत्रबहादुर कार्कीले नेपाली काँग्रेसबाट वडाध्यक्षको दाबेदारी प्रस्तुत गर्दै आएको बताइएको छ ।
यस्तै, वडा नं. ५ का रविन लामा, वडा नं. ७ का निरोज तिम्सिना, वडा नं. ८ का अग्निप्रसाद लिम्बूले नेकपा एमालेबाट वडाध्यक्षको दाबेदारी प्रस्तुत गरेका छन् ।