९ वर्षपछि फर्केको श्रीमान घर नआइ एयरपोर्ट बाटै गायब(भिडियो सहित)
बिक्रम लिम्बू (झापा)-झापाको मेचिनगर नगरपालिका वार्ड नं २ का टंक रिजाल यतिखेर नेपाल आएपछि सम्पर्क बिहिन छन। ९ वर्षपछि नेपाल फर्केका टंक रिजाल श्रीमती र छोरी भेट्न नगई कतै गायब भएपछि श्रीमती रुदै श्रीमान खोज्न मिडियालाई सहयोगको याचना गरेकि छिन।
श्रीमानले विदेश हुँदै देखि आफुलाई सम्बन्ध बिच्छेद गर भनेर मानसिक यातना दिए पनि झै झै बिहे गरेर भित्रेको घर १ चिम्टी सिन्दुरले आपनाएको श्रीमान लाई सजिलै छो्न नसक्ने बताएकि छिन।जिवनभर संगै जिउने भनेको श्रीमानले नेपाल आउनु भन्दा अघिनै आफु संग सम्बन्ध बिच्छेद गर्छु भन्ने निर्णयले नै नेपाल आएको तर घर सम्म नआएको उमा रिजालको आशंका छ।
विदेश हुँदै देखि घरमा खर्च नपठाएपछि श्रीमान त एकदिन फर्किनु हुन्छ नि भन्दै गाउघरमै बनिबुतो गरि नानि हुर्काउदै आएको कुरा तपतप आशु चुवाएर बताउछिन।श्रीमानले नहेरेपनि एकपटक कस्तो अबस्थामा हुनुहुन्छ भन्ने पिरले रातमा निन्द्रा र भोक नलाग्ने बताउछिन ।