९ वर्ष देखि श्रीमानको पर्खाईमा,जन्मेको ८ वर्ष हुदा पनि बुवा नदेखेको छोरोको पीडा

९ वर्ष देखि श्रीमानको पर्खाईमा,जन्मेको ८ वर्ष हुदा पनि बुवा नदेखेको छोरोको पीडा
मोरङको बिराटनगर १२मा बस्दै आएकि रमता राई करिव ९ वर्ष देखि श्रीमानको पर्खाईमा एउटा बच्चा लिएर पर्खिरहेकि छिन।करिव ९ वर्ष अघि आएका श्रीमान महिना दिन बसेर जादा गर्भमा छोरा बसेको रहेछ।उक्त छोरा आज सम्म उनका श्रीमानले देखेका पनि छैनन् ।
धनकुटा खुवापोकमा बस्ने नारान सिं लिम्बू थेगिम नाम गरेका ब्यक्ति साउदिअरबमा वैदेशिक रोजगारका लागि गएका थिए।गएको २-३ वर्ष फोनमा सम्पर्क भएपनि यतिखेर भने बिना सम्पर्क जीवन धानि रहेको बताउछिन रमता राई

श्रीमानको साहार पनि छैन कमाई गर्ने बाटो पनि छैन,संगुर पालेर बेचौ न त भन्दा छिमेकिले गन्हायो दुर्गन्ध भो भनेर कराउने अनि रक्सि पारेर रक्सि बेचि गुजारा चलाउछुनि भन्दा नी प्र,हरीले खोसि दिने फ्याकिदिने गरेको बताउछिन रमता राई।
यतिखेर कुनै पनि जिउने आधार नभेटेपछि उनी अन्तिम बिकल्प मिडिया सामु आएका बताउछिन।
ससुराको नाममा रहेको घरमा बस्दै आएकि रमता राई बिहे गरेको १ महिनामा नै श्रीमान बिदेश गएको खर्च नपठाएको दाउरा बेचि पेट भरेको बिगतका दुखद दिन सम्झिन्छिन।सुनसरीको इटहरामा दाउरा बेचि दिन गुजारेको सम्झिदै गहभरि आशु बनाउछिन।

छोरा गर्भमा बसेपछि श्रीमान नआएपछि जसोतसो दिन बिताउदै आएकि रमता राई श्रीमान जहाँ भए पनि आउनु र छोरा सम्हाल्न श्रीमान संग अनुरोध गरेकि छिन।