सुर्खेतमा श्रीमतीको टाउको प्लास्टिकको थैलोमा बोकेर बाटोमा हिड्दै गर्दा पक्राउ कारण खुुल्दा सबै हैरान भिडियो हेर्नुस

सुर्खेत – सुर्खेतमा एक युवाले हतियार प्रयोग गरी आफ्नै श्रीमती हत्या गरी टाउको प्लास्टिकको झोलामा बोकेर हिँडिरहेको अवस्थामा पक्राउ परेका छन् । मंगलबार दिउँसो पन्चपुरी ३ तोक्माका अमरबहादुर आले मगरले श्रीमती मिना आले मगरको ह’ त्या गरी टाउको लिएर प्रहरी कार्यालय जाँदै गर्दा पक्राउ परेका हुन्।

युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै रेखा थापाकी दिदीले दिइन् साइबर ब्युरो उजुरी

युट्युबरमा बहिनीलाई तथानाम गाली र बेइजती गरिएको भन्दै अभिनेत्री रेखा थापाकी दिदी तारा राणाले भोटाहिटीको प्रहरी प्रधान कार्यालयको साइबर व्युरोमा निवेदन दिएकी छन् । अभिनेत्री थापाकी दिदीले निवेदन दिएको ब्युरोका एसएसपी नबिन्द अर्यालले बताएका हुन् । प्रहरीमा निवेदन परेसँगै त्यसबारे अध्ययन भइरहेको पनि उनले जानकारी दिए । अभिनेत्री थापाकी दिदीले युट्युबमा तथानाम गालीगलाैज गर्ने शर्मिला… Continue reading युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै रेखा थापाकी दिदीले दिइन् साइबर ब्युरो उजुरी

गठबन्धनको सरकारले फेरि बढायाे पेट्रोलको मुल्य

नेपाल आयल निगमले फेरि पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल,डिजल र मट्टितेलमा प्रतिलिटर ५-५ रूपैयाँका दरले बढाएको हो। इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ। बढेपछि डिजेल र… Continue reading गठबन्धनको सरकारले फेरि बढायाे पेट्रोलको मुल्य

मोरङको लेटाङमा पाहुनाको हत्या

मोरङको लेटाङ नगरपालिका-२ फँडानीमा एक पुरुषको सोमबार राति हत्या भएको छ। ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएको हो। हत्या आरोपमा प्रहरीले राति ८१ वर्षीय डम्बरबहादुर भुजेललाई पक्राउ गरेको छ। बुढाथोकीको शव भुजेलको आँगननजिकै भेटिएको थियो। बेलुका घरबाट शव घिसारेर बाँसघारीसम्म लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीय शिक्षक राजेन्द्र खतिवडाका अनुसार बुढाथोकीको टाउकोमा… Continue reading मोरङको लेटाङमा पाहुनाको हत्या

म्यानमारकी आङ सान सुचीलाई चार वर्ष जेल

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ । प्राकृतिक प्रकोपसम्बन्धी कानुनअन्तर्गत कोरोना भाइरससम्बन्धी नियम तोडेको आरोपमा उनी दोषी पाइएको सैनिक सरकारले जनाएको छ । ७६ वर्षीया सुचीमाथि अन्य ११ आरोप पनि लगाइएको बीबीसीले जनाएको छ । तर सुचीले भने निरन्तर रूपमा आफूमाथि लगाइएको आरोप निराधार भएको बताएकी छिन् । गत फेब्रुअरीमा म्यानमार सेनाले… Continue reading म्यानमारकी आङ सान सुचीलाई चार वर्ष जेल

गायिका रचना रिमाल कक्षा १२ को परीक्षामा उत्तिर्ण

गायिका रचना रिमाल कक्षा १२ को परीक्षामा उत्तिर्ण भएकी छन्। जिपिए ३.४४ ल्याएर उनी उत्तिर्ण भएकी हुन्। उनले समाजिक सञ्जालमा लेखेकी छिन्,Yeah , Passed grade 12 with GPA 3.44  कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो। कोभिड-१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको… Continue reading गायिका रचना रिमाल कक्षा १२ को परीक्षामा उत्तिर्ण

अर्मेनीया र अजरबैजानबीचको भीडन्त अन्त्य

अर्मेनीया र अजरबैजानबीचको भीडन्त अन्त्य भएको अर्मेनियाको रक्षा मन्त्रालयले जनाएको छ । रुसको मध्यस्ततामा दुई देशबीचमा युद्ध अन्त्य गर्ने सम्झौता अनुसार सीमा क्षेत्रमा भएको भीडन्त अन्त्य भएको हो । अर्मेनीयाको पूर्वीसीमा क्षेत्रमा स्थानीय समयअनुसार मङ्गलबार बेलुका ६.३० बजेदेखि भीडन्त अन्त्य भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयको वेभसाइटमा उल्लेख भएअनुसार युद्ध बिराम सम्झौता भइ युद्ध… Continue reading अर्मेनीया र अजरबैजानबीचको भीडन्त अन्त्य

इजरायलका प्रधानमन्त्री भारत भ्रमणमा आउने

इजरायलका नयाँ प्रधानमन्त्री नफ्ताली बेनेट भारत भ्रमणमा आउनु हुने भएको छ । उहाँ कहिले आउने एकिन नभएपनि अर्को वर्ष सन् २०२२ मा आउने तयारी भइरहेको इजरायली उच्च अधिकारीले जनाएका छन् । “इजरायली प्रधानमन्त्रीको भारत भ्रमणका लागि हामीले काम गरिरहेका छौँ, अहिलेसम्म भ्रमणको मिति तय भएको छैन, चाँडै नै निधो हुने हाम्रो विश्वास छ,” भारतका लागि… Continue reading इजरायलका प्रधानमन्त्री भारत भ्रमणमा आउने